दफा २०
कार्यान्वयन समिति
(१) स्थानीय भूउपयोग परिषद्को कार्यमा सहयोग गर्न प्रत्येक स्थानीय तहमा देहाय बमोजिमको एक भूउपयोग कार्यान्बयन समिति रहनेछ:ः-
(क) सम्बन्धित गाउँ कार्यपालिका वा नगर
कार्यपालिकाको अध्यक्ष वा प्रमुख - अध्यक्ष (ख) सम्बन्धित वडाको वडा अध्यक्ष - सदस्य (ग) स्थानीय तहका कषि, वन. भमि, सहरी विकास र भौतिक पूर्वाधारसँग सम्बन्धित शाखाका प्रमुखहरू - सदस्य (घ) सरोकारवालामध्येबाट स्थानीय भूउपयोग परिषद्ले तोकेको दुईजना महिला सहित चारजना न सदस्य (ङ) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत “ सदस्य-सचिव (२) उपदफा (१) को खण्ड (घ) बमोजिम तोकिएका सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ । (३) कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत भूउपयोग योजना कार्यान्वयन गर्ने,
(ख।: वर्गीकृत क्षेत्रको सूचना तोकिए बमोजिम सरोकारवालाको जानकारीको लागि सार्वजनिक गर्ने,
(ग) प्रत्येक वडाको वडास्तरीय भूउपयोग योजना तयार गर्ने,
(घ) वडास्तरीय भूउपयोग योजना वडा समितिबाट अनुमोदन गराई सोका आधारमा स्थानीय तहको समष्टिगत भूउपयोग योजना तयार पारी स्थानीय भूउपयोग परिषद्मा पेश गर्ने,
(ङ) कार्यान्वयनको "क्रममा देखिएका समस्याहरू समाधानको लागि विकल्प सहित स्थानीय भूउपयोग परिषद्मा पेश गर्ने,
(च) भूमिको संरक्षण र दिगो उपयोगको लागि सचेतना अभिवृद्धि गर्ने,
(छ) तोकिएको उपयोगभन्दा फरक उपयोग गरेकोमा बा तोकिए बमोजिम नगरेमा कारबाहीको लागि स्थानीय भूउपयोग परिषद्मा सिफारिस गर्ने,
(ज) कृषियोग्य जमिन बाँझो रहे, नरहेको अनुगमन गर्ने,
(झ) सामुदायिक भूमिको पहिचान गरी सामुहिक हितमा उपयोगको व्यवस्था मिलाउने,
(ज्) भूउपयोगमा उल्लेखनीय योगदान गर्ने व्यक्ति, परिवार वा संस्थालाई पुरस्कृत गर्न सिफारिस गर्ने।
(४) कार्यान्वयन समितिको बैठक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।